२०८२, श्रावण ८ गते

Jul 24 2025 | २०८२, श्रावण ८ गते

राष्ट्रपति रनिङ शिल्डमा बुटवल प्रथम

बुधवार , बैशाख ८, २०७८

बुटवल, ८ वैशाख ।

१२ औं राष्ट्रपति रनिङ शिल्ड अन्तरपालिका जिल्लास्तरीय प्रतियोगितामा बुटवल उपमहानगरपालिका प्रथम भएको छ । जिल्लाका १६ मध्ये १० वटा पालिकाले प्रतिष्पर्धा गरेकामा बुटवलले १० स्वर्ण, १२ रजत र १४ कास्य पदक जित्दै रनिङ शिल्ड आफ्नो पोल्टामा पारेको हो । 

स्थानीय तहको निर्वाचनपछि भएको यो पहिलो अन्तरपालिका जिल्लास्तरीय प्रतियोगिता हो । प्रतियोगितामा १० स्वर्ण, ९ रजत र ५ कास्य सहित तिलोत्तमा नगरपालिका दोस्रो र ५ स्वर्ण, ५ रजत र ५ कास्यसहित कञ्चन गाउंपालिका तेस्रो भएको छ । 

विजेतालाई प्रदेश सामाजिक विकास मन्त्रालय, सामाजिक विकास डिभिजन कार्यालय प्रमुख देवीराम भण्डारी र जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख संगम थापाले जिल्ला खेलकुद विकास समितिको कार्यालयमा रनिङ शिल्ड प्रदान गरेका छन् ।  

पदक विजेतालाई कालिका मानवज्ञानको सम्मान

१२ औं राष्ट्रपति रनिङ शिल्ड अन्तरपालिका जिल्लास्तरीय प्रतियोगितामा पदक विजेता विद्यालयका खेलाडी र अभिभावकहरुलाई कालिका मानव ज्ञान माविले सम्मान गरेको छ । प्रतियोगितामा भाग लिएका विद्यालयका १६ जना खेलाडी र उनीहरुका अभिभावकहरुलाई एक कार्यक्रमबीच सम्मानपत्रसहित सम्मान गरिएको हो । game.jpg

प्रतियोगितामा बुटवल उपमहानगरपालिकाको तर्फबाट खेलेका रक्षा थापा श्रीस, प्रिति थापा, सिर्जना राना, दीपेन थापा र आस्मा विकले स्वर्ण पदक जितेका थिए । यस्तै रजत र कास्य पदक जितेका कृति पराजुली, रोशन गुरुङ, विकास मिश्रा, तृष्णा तरामु, आकाश थापा, कृष्टिना ढेंगा, असीम थापा, विशाल पराजुली, विवेक खनाल, रक्षा शाही र दिप्ती कार्की पनि सम्मानित भएका छन् । उनीहरुलाई बुटवल उपमहानगरपालिकाका  प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्मा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होम बहादुर गलामी, कार्यवाहक प्रधानाध्यापक लोकराज घिमिरे,सहायक प्रधानाध्यापक पिताम्बर बन्जाडे, बुटवल कालिका क्याम्पसका प्रमुख घनश्याम पाठकले सम्मान गरेका हुन् । 

खेलाडीसंगै विद्यालयका खेल प्रशिक्षक हरिश वली र अभिभावकहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रमका वक्ताहरुले खेल प्रशिक्षक वलीको अथक मेहनतका कारण विद्यालयका खेलाडीले सबैभन्दा धेरै पदक जित्न सफल भएका र विद्यालयस्तरीय रनिङ शिल्डमा पनि उत्कृष्ट हुन सफल भएको चर्चा गरेका थिए ।