
बुधवार , आश्विन २९, २०८२
काठमाडौं, २९ असोज । दक्षिणी लेबनानको सिदोनको शहरको दृश्यलाई खजुरका रूखहरूले हेर्न लायक छ ।
खजुरका रूखहरूको बीचमा पुरुष र महिलाहरू काममा लागि तल्लिन छन् । किसान खजुरका झुप्पाहरूमा पुग्छन् । झुप्पाहरू जमिनमा ल्याएपछि एक महिला हातले खजुरहरू हटाउँदै घुँडा टेक्छिन् ।
स्थानीय किसान अहमद सुसले भने कि लेबनानी खजुर उत्पादन राष्ट्रिय खपतको मुश्किलले ३–५ प्रतिशत हो । यहाँका खजूरहरू ताजा, पहेंलो जाघलौल हुन् । लामो समयसम्म भण्डारण गर्ने सुख्खा प्रकारहरू होइनन् ।
किसान भन्छन् कि लामो समयसम्म टिक्ने प्रजातिहरू उब्जाउन आवश्यक सीप वा पूर्वाधारको विकास कम छ । उब्जाएको कुरा राम्रो गुणस्तरको हुन्छ । तर स्केल न्युनतम हुन्छ ।
बढ्दो मौसमको शुरुमा यस क्षेत्रमा युद्ध फैलिएको थियो । अहमद भन्छन् कि उनले सिजनको अधिकांश भाग लगभग असी प्रतिशत गुमाए । किनभने द्वन्द्वले असुरक्षित बनायो । पाकेको लगभग पन्ध्र दिन भित्रमा खजुरहरू काटिएन भने तिनीहरू बिग्रन्छन् र झर्छन् ।
लेबनानी कृषिमा व्यापक रूपमा क्षति पुगेको छ । युद्धले पूर्वाधारलाई क्षति पु¥याएको छ । किसानलाई विस्थापित गरेको छ । खेतहरू नष्ट गरेको छ र सिँचाइ र बिजुली प्रणालीहरू नष्ट गरेको छ ।
सिडोनसहित दक्षिणी क्षेत्रहरूले यी प्रभावहरू गहिरो रूपमा महशुस गर्छन् । जलवायु दबाबले कठिनाइको अर्को तह थपेको छ । पानीको अभाव, माटोको नुनिलोपन र अनियमित वर्षाको ढाँचाले उत्पादन घटाएको छ । श्रमिक परिचालन गर्न गाह्रो बनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij