२०८२, आश्विन २८ गते

Oct 14 2025 | २०८२, आश्विन २८ गते

विकासमा महिलाको भुमिका प्रशंसायोग्य : श्रीलंकाली प्रधानमन्त्री

मंगलवार , आश्विन २८, २०८२

  • 259
    Shares
  • 259
    Shares
  • काठमाडौं, २८ असोज । महिलासम्बन्धी विश्वव्यापी नेताहरूको बैठक अक्टोबर १३ देखि १४ सम्म बेइजिङमा चलिरहेको छ ।

    बैठकमा भाग लिनुअघि विशेष अन्तर्वार्तामा श्रीलंकाली प्रधानमन्त्री हरिनी अमरासुरियाले विश्वव्यापी प्रगतिमा महिला विकासको महत्वपूर्ण भुमिका र स्रोतहरूमा उनीहरूको समान पहुँचलाई प्रकाश पार्नुभयो ।

    विश्वको जनसंख्याको आधाभन्दा बढी हिस्सा महिलाहरूको रहेको उल्लेख गर्दै कुनैपनि विकासका पहलमा महिलाहरुको भुमिका महत्वपूर्ण रहेको बताउनु भयो । 

    प्रधानमन्त्रीले महिला र बालबालिकाको विकासको क्षेत्रमा चीन र श्रीलंकाले सहकार्य गर्ने व्यापक सम्भावनाहरूलाई पनि जोड दिनुभयो ।