२०८२, आश्विन २८ गते

Oct 14 2025 | २०८२, आश्विन २८ गते

गिरिबन्धु फाइल खोल्न गृहमन्त्री अर्यालद्वारा उजुरी आह्वान

मंगलवार , आश्विन २८, २०८२

  • 475
    Shares
  • 475
    Shares
  • काठमाडौं, २८ असोज । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले गिरिबन्धु टि-स्टेटको जग्गा प्रकरणसम्बन्धी फाइल खोल्न उजुरी दिन आह्वान गर्नुभएको छ ।

    सिंहदरबार परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले गिरिबन्धु टि-स्टेटको जग्गा प्रकरणसम्बन्धी फाइल खोल्न उजुरी दिन आह्वान गर्नुभएको हो ।

    नागरिकले उठाउँदै आएका प्रकरणहरुका फाइल खुल्छन् त ? भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा गृहमन्त्री अर्यालले मन्त्री आफैँ उजुरी हाल्दै हिँड्न नमिल्ने र पीडितले उजुरी दिए प्रक्रिया अघि बढ्ने बताउनु भयो । लिखित रुपमा उजुरी राज्य संयन्त्रमा आए त्यसविरुद्ध प्रक्रिया अघि बढाइने उहाँको भनाइ छ ।

    गृहमन्त्री अर्यालकाअनुसार पहिला आदेशले चल्ने गरे पनि अहिले देश कानूनले चलिरहेको छ । भइरहेको कानून कार्यान्वयन हुने र कसैले त्यसमा हस्तक्षेप नगर्ने जिकिर गर्नुभयो । कुनै पूर्वाग्रह राखेर नभइ कानून, प्रमण, उजुरी हेरेर राज्य संयन्त्रले काम गर्ने दाबी गर्नुभयो । 

    उहाँले भन्नुभयो, ‘पहिला पहिला आदेशले हुन्थ्यो । अहिले कानूनले हुन्छ । जे छ, कानूनबमोजिम हुन्छ । भइरहेको कानून कार्यान्वयन हुन्छ । हस्तक्षेप कतै पनि हुँदैन । कानूनले आफ्नो कार्ष लिन्छ ।

    बढो अर्ग्यानिक वेमा हुन्छ अब । कुनै पूर्वाग्रह राखेर पनि हुँदैन, प्रमाण हेरिन्छ, कानून हेरिन्छ । उजुरी हेरिन्छ । हाम्रा संयन्त्रहरुले त्यही हेरेर काम गर्दछन् ।

    जहाँ प्रमाण छ, जहाँ कानूनले ठाउँ दिन्छ, त्यहाँ रिजल्ट देख्नुहुन्छ । यो सुशासनको मान्यता नै त्यही हो । फेयनेस, कानूनी आधार, प्रमाण चाहिन्छ, राज्य संयन्त्र त्यसैगरी चल्नुपर्छ ।

    कानूनको अघि सबै समान हुन् । गल्ती गरेको छ भने सबै सजायको भागिदार हुनुपर्छ । राम्रो काम गरेको छ भने पुरस्कृत हुनुपर्छ । मान प्रतिष्ठा बढाइदिनुपर्छ ।

    नतृत्वमा पु¥याइदिनुपर्छ, राम्रो काम गर्नेलाई । इतिहासले सम्झिनुपर्छ । नराम्रो काम गर्नुभएको छ भने कानूनबमोजिम जानुपर्छ । गिरिबन्धु लगायतका प्रकरणमा उजुरी आउनुपर्छ ।

    उजुरी अख्तियारमा पनि आउनुप¥यो । मान्छेहरु ठगिएका छन् भने प्रहरी प्रशासनमा ल्याइदिनुभयो भने, हाम्रो नोटिसमा लिखित रुपमा ल्याइदिनुभयो भने मन्त्रीले उजुरी हाल्दै हिँड्दैन, यो अपेक्षा नगर्नुहोला ।

    तर पीडितले बैना दिनुभएको छ, बैना संकलन गरियो, त्यही बैना सायद रिस्वदको रुपमा प्रयोग पनि भयो की ? त्यही बैना बापतको पैसा निर्णय गराउने कुरामा खर्च गरियो की ? यो कुरा त जसले देखेको, भोगेको, पीडित भएको मान्छेले राज्य संयन्त्रमा ल्याइदिनुपर्छ ।’

    मन्त्री अर्यालले तोकिएको समयमा निर्वाचन हुने दाबी गर्नुभयो ।