२०८२, आश्विन २८ गते

Oct 14 2025 | २०८२, आश्विन २८ गते

लुम्बिनी नेत्रालयद्वारा बुटवलमा शाखा विस्तार

सोमवार , आश्विन २७, २०८२

  • 358
    Shares
  • 358
    Shares
  • बुटवल, २७ असोज । विगत दुई दशकदेखि रुपन्देहीको भैरहवाबाट सेवा प्रदान गरिरहेको लुम्बिनी नेत्रालय प्रा.लि.ले बुटवलमा शाखा विस्तार गरेको छ । प्रा.लि.ले बुटवलको पुष्पलाल पार्कमा शाखा बिस्तार गरिएको छ ।
    शाखा विस्तारको क्रममा एक हप्ताका लागि निःशुल्क सस्थ्य शिबिर समेत चलाइएको प्रबन्ध निर्देशक डा. हिरा शाहले बताउनुभयो ।

    बुटवलमा आयोजित पत्रकार सम्मेलनमा डा. शाहले आफूहरुले विशिष्टकृत सेवा दिनका लागि सेवा बिस्तार गरेको बताउनुभयो । उहाँले स्थापनाको २० वर्षको दौरानमा लाखौंले सेवा पाएको स्मरण गर्दै आँखाको उपचारका लागि ६० प्रतिशत भारतीय नागरिक आउने गरेको समेत बताउनुभयो । उहाँले अब कपिलवस्तुको कृष्णनगर, लुम्बिनी र बेलहियामा पनि सेवा विस्तार हुने बताउनुभयो ।

    सो अवसरमा चिफ मेडिकल डाइरेक्टर डा. सन्तोष सुवेदीले लुम्बिनी नेत्रालयले अत्याधुनिक मेसिन र प्रविधिका साथमा सेवा दिइरहेको बताउनुभयो । उहाँले बुटवलमा सेवा विस्तारले लुम्बिनी प्रदेशका सबै नागरिक र आँखाका बिरामीहरुले सहज र सरल उपचार पाउने बताउनुभयो ।

    डेपुटी डाइरेक्टर अनिल शेरचनले आफूहरुको सेवा प्रवाहले सबैले सकारात्मक सल्लाह सुझाव दिएको भन्दै अझै राम्रो सेवा प्रदान गर्नका लागि लागि रहने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा नानी रोग विशेषज्ञ डा. ज्योति सापकोटाले आँखाको नानी सबैभन्दा महत्वपूर्ण रहेको बताउनुभयो । ३ करोड लगानीमा विस्तार गरिएको शाखामा  आरओपी रेटिना, विशेषज्ञ डाक्टरसहितको सुविधा समेत छ ।

    रेटिनाको बिहीबार, नानी प्रत्यारोपण शुक्रबार र कार्तिक १ गते शनिबार जलबिन्दु परीक्षण गरिनेछ । शुभारम्भको अवसरमा एक हप्तासम्म आँखा परीक्षण निःशुल्क र अन्य उपचारमा ५० प्रतिशत छुट प्रदान गरिने लुम्बिनी नेत्रालयले जनाएको छ । नेत्रालयमा ६५ जनाले रोजगारी पाएका छन् ।