
बुधवार , बैशाख ८, २०७८
बैशाख ,०८ गुल्मी ।
गुल्मीमा कोरोना भाइरस अर्थात् (कोभिड -१९) को संक्रमण बढ्न थालेपछी जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र गुल्मीले "तपाईको माक्स खै?" अभियान सुरु गरेको छ ।
कोरोना भाइरसको दोस्रो लहर बढ्न थालेपछी जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्रले गरेको निर्णय अनुसार नागरिकलाई स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउनको लागि तम्घास बजार परिक्रम गरि यो अभियान सुरु गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् ।
दोस्रो लहरको रुपामा फैलन थालेको कोरोना भाइरसको नेपालमा पनि संक्रमण बढ्दै गएकाले यसबाट बच्नको लागि नागरिकले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न प्रमुख जिल्ला अधिकारी शर्माले आग्रह गरेको छिन् । बुधबार बिहान जिल्ला समन्वय समिति प्रमुख, जनप्रतिनिधि, राजनितीक दलका प्रमुख तथा प्रतिनिधि सहित सुरक्षा निकायले बजार परिक्रमा सहित माक्स प्रयोग नगरेका नागरिकलाई माक्स, सेनिटाइजर तथा साबुन पानीको प्रयोग गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरेका थिए ।
मास्क लगाउन अटेरी गरेमा जरिवान गरिने जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र गुल्मीले जनाएको छ । कुनै कार्यक्रममा २५ जना भन्दा बढी सहभागी हुन नपाइने पनि जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र गुल्मीले जनाएको छ । जिल्लामा अहिले १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्ठि भएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij