२०८२, श्रावण ८ गते

Jul 24 2025 | २०८२, श्रावण ८ गते

कोभिसिल्ड खोप लगाएका ४ लाख ३९ हजारलाई दोस्रो डोज

बुधवार , बैशाख ८, २०७८

भैरहवा, ८ वैशाख । 
सरकारले कोरोना भाइरसविरुद्धको खोपको दोस्रो डोज लगाउन सुरु गरेको छ । खोप अभियान सुरु भएपछि पहिलो चरणमा खोप लगाएकाहरुलाई वैशाख ७ देखि ११ गतेसम्म दोस्रो डोज दिन लागिएको हो ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमका अनुसार पहिलो मात्रा कोभिसिल्ड खोप लगाएका ४ लाख ३९ हजारलाई दोस्रो डोज दिइनेछ ।

सरकारले २०७७ साल माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको थियो ।

माघ १४ देखि फागुन १० गतेसम्म पहिलो प्राथमिकताको पहिलो र दोस्रो चरणमा पहिलो मात्रा खोप लगाइएको थियो । स्वास्थ्य मन्त्रालयले खोप लगाउने विभिन्न अस्पतालहरु तोकिदिएको छ । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म आफूलाई पायक पर्ने स्थानमा गएर खोप लगाउन सकिनेछ ।