
शुक्रवार , आश्विन २४, २०८२
काठमाडौं, २४ असोज । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा बसेको सर्वदलीय बैठक शुरु भएको छ ।
शुक्रवार अपरान्ह शितल निवासमा बसेको सर्वदलीय बैठकमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनबारे छलफल भएको हो । बैठकमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) लगायत संसद विघटन हुनुअघिको संसदमा प्रतनिधित्व गर्ने राजनीतिक दलहरुका दोस्रो चरणमा नेताहरु सहभागी छन् ।
नेपाली काँग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापा, नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, नेकपा (माओवादी केन्द्र) बाट नेता नारायणकाजी श्रेष्ठ र वर्षमान पुन लगायतका नेताहरु उपस्थित छन् ।
जेन—जी आन्दोलनपछि बनेको अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको आग्रहमा राष्ट्रपति पौडेलले सर्वदलीय बैठक आह्वान गर्नुभएको थियो । अन्तरिम सरकारले फागुन २१ गते निर्वाचनको मिति तोकेको छ ।
तर नेकपा एमालेले संसद पुनः स्थापना गर्नुपर्ने माग राखेको छ भने नेपाली काँग्रेस पनि त्यसमा सहमत छ । बैठकमा राजनीतिक दलका शिर्ष नेताहरु भने उपस्थित छैनन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij