२०८२, आश्विन २५ गते

Oct 11 2025 | २०८२, आश्विन २५ गते

ललितपुर महानगरद्वारा शहीद विनोद महर्जनको परिवारलाई ५ लाख आर्थिक सहयोग

शुक्रवार , आश्विन २४, २०८२

  • 565
    Shares
  • 565
    Shares
  • काठमाडौं, २४ असोज । ललितपुर महानगरपालिकाले जेन—जी आन्दोलनका शहीद विनोद महर्जनको परिवारलाई आर्थिक सहायता उपलब्ध गराएको छ ।

    शुक्रवार ललितपुरमा एक कार्यक्रमको आयोजना गरी महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले शहीद विनोदकी आमा लतमाया महर्जनलाई ५ लाख आर्थिक सहायता उपलब्ध गराउनुभएको हो ।

    त्यस अवसरमा उहाँले ललितपुर महानगरपालिका वडा नम्बर ७ निवासी शहीद विनोद महर्जन एक मूर्धन्य व्यक्ति भएकाले उनको निधनबाट देशले नै एउटा आँटिलो छोरा गुमाएको प्रतिक्रिया दिनुभयो । उहाँले परिवारजनलाई सम्हालिएर अघि बढन पनि आग्रह गर्नुभयो ।

    मेयर महर्जनले भन्नुभयो,‘मुलुकले नै एउटा मुर्धन्य व्यक्ति, आँटिलो व्यक्ति गुमायो । मुलुकनै शोकको अवस्थामा छ । तपाई आम र परिवारको अपुरणीय क्षति भएकाले भावविह्वल हुनुत स्वभाविक कुरा नै हो ।

    म परिवारलाई अनुरोध गर्न चाहन्छु– जाने व्यक्ति गईसक्यो । किमार्थ फर्केर आउँदैन । तसर्थ उहाँको सम्झनामा आफ्नो स्वास्थ्यनै बिग्रिने गरेर र घरले इकोनोमिनै धान्न नसक्ने गरेर तपाईहरु पीर नगर्नुस् । सम्हालिएर तपाईहरु अगाडि बढनुस । स्वास्थ्यको ख्याल गर्नुस् ।’

    ललितपुरमा महानगरपालिका वडा नम्बर ७ का विनोद महर्जन कला क्षेत्रमा आवद्ध हुनुहुन्थ्यो ।