२०८२, आश्विन २३ गते

Oct 09 2025 | २०८२, आश्विन २३ गते

कर्तव्य ज्यान मुद्दाका फरार कैदी रुपन्देहीबाट पक्राउ

बिहिवार , आश्विन २३, २०८२

  • 466
    Shares
  • 466
    Shares
  • भैरहवा, २३ असोज । कारागार कार्यालय जगन्नाथदेवल, काठमाडौंबाट फरार कर्तव्य ज्यान मुद्दाका कैदीलाई प्रहरीले रुपन्देहीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको गैडहवा गाउँपालिका–६ बस्ने ६५ वर्षिय पुणतबासी लोनिया रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) गणेश सापकोटाले जानकारी दिनुभयो ।

    भदौ २३ गतेपछि देशभर भएको प्रदर्शनका क्रममा कारागार कार्यालयहरुमा भएको तोडफोड, आगजनीपश्चात फरार कैदीलाई पक्राउ गरिएको उहाँले बताउनुभयो ।

    कारागारबाट भागेका लोनियालाई इलाका प्रहरी कार्यालय सुर्यपुराबाट खटिएको टोलीले गैडहवा गाउँपालिका–६ स्थित गुलरियाबाट नियन्त्रणमा लिएको डीएसपी सापकोटाले बताउनुभयो । डीएसपी सापकोटाका अनुसार नियन्त्रणमा लिइएका लोनियालाई कारागार कार्यालय रुपन्देहीमा बुझाइएको छ ।