२०८२, आश्विन २२ गते

Oct 08 2025 | २०८२, आश्विन २२ गते

दुई पूर्वमन्त्रीसहित सात जना बिरुद्ध विशेष अदालतमा मुद्दा दायर

बुधवार , आश्विन २२, २०८२

  • 427
    Shares
  • 427
    Shares
  • काठमाडौं, २२ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखराको लिची बगैचा जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित सात जना बिरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

    अख्तियारले बुधबार तत्कालिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राज कुमार गुप्ता र तत्कालिन भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठसमेत ७ जना उपर भ्रष्टाचार सम्बन्धी आरोपपत्र दायर गरेको हो । गुप्ता र श्रेष्ठविरुद्ध अख्तियारले ७८–७८ लाख बिगो मागदाबी गरेको छ ।

    त्यस्तै सुजन कुमार तामाङ, याम कुमारी गुरुङ, तुल्सीराम बुढामगर, मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुख रामचन्द्र अधिकारी र खमबहादुर पुनलाई समेत प्रतिवादी बनाइएको विशेष अदालतका सूचना अधिकारी शाखा अधिकृत यज्ञराज रेग्मीले जानकारी दिनुभयो ।

    सुजन कुमार तामाङ, याम कुमारी गुरुङ, तुल्सीराम बुढामगरलाई ७८ लाख बिगो कायम गरिएको र रामचन्द्र अधिकारीलाई ५३ लाख तथा खमबहादुर पुनलाई २५ लाख रुपैया बिगो कायम गरेर मुद्दा दायर भएको रेग्मीले बताउनुभयो ।