२०८२, आश्विन २२ गते

Oct 08 2025 | २०८२, आश्विन २२ गते

इजरायल–प्यालेस्टाइन द्वन्द्वमा अपांग र मारिने बालबालिकाको संख्या ६१ हजार : युनिसेफ

बुधवार , आश्विन २२, २०८२

  • 394
    Shares
  • 394
    Shares
  • काठमाडौं, २२ असोज । संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) ले मंगलवार इजरायल–प्यालेस्टाइन द्वन्द्व शुरु भएदेखि दुई वर्षमा लगभग ६१ हजार बालबालिका मारिएका वा अपाङ्ग भएका बताएको छ ।

    स्विट्जरल्याण्डको जेनेभामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै युनिसेफका प्रवक्ता रिकार्डो पाइरेसले औसतमा प्रत्येक १७ मिनेटमा एक बालबालिका मारिएका वा घाइते भएका बताउनु भयो ।

    यो संख्यालाई अस्वीकार्य र आश्चर्यजनक भनेर वर्णन गर्नुभयो । इजरायलमा हमासले गरेको भयावहता र त्यसपछिको इजरायलको असमान प्रतिक्रिया पछि ६१ हजार बालबालिका मारिएका वा अपाङ्ग भएका रिपोर्ट गरिएको छ ।

    यो औसतमा प्रत्येक १७ मिनेटमा एक बच्चा मारिएको वा अपाङ्ग भएको छ । बालबालिकाहरुले धेरै लामो समयदेखि आफ्नो शरीर र दिमागमा पीडा भोगिरहेका छन् ।

    गाजामा प्रत्येक पाँच बालबालिकामध्ये एक समयपूर्व जन्मिन्छन् । तर क्षेत्रमा उनीहरूको बाँच्न सुनिश्चित गर्न आवश्यक पूर्वाधारको अभाव छ ।