
बुधवार , आश्विन २२, २०८२
काठमाडौं, २२ असोज । गत सोमवार मात्रै बंगलादेशमा डेंगु ज्वरोले तीन जनाको मृत्यु भएको छ ।
जसबाट कुल मृत्यु २ सय १५ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ । तथ्याङ्कअनुसार सोमवार मात्रै ७ सय ८२ बिरामी अस्पताल भर्ना भएका छन् ।
जसले गर्दा यस वर्ष हालसम्म लामखुट्टेबाट सर्ने रोगका कुल केसहरूको संख्या ५० हजार ६ सय ८९ पुगेको छ । डेंगुको थप फैलावटलाई रोक्नको लागि, बंगलादेशी स्वास्थ्य अधिकारीहरूले लामखुट्टेको प्रजनन जाँच गर्न र लार्भा विरोधी अपरेशनहरू सञ्चालन गर्न उपायहरू बलियो बनाएका छ ।
बंगलादेशले २०२३ मा १ हजार ७ सय ५ डेंगु–सम्बन्धित मृत्यु दर्ता गरेको छ । जुन उच्चतम वार्षिक मृत्यु संख्या हो । बंगलादेशमा सामान्यतया मनसुन–मौसमको रोग डेंगु ज्वरो हो । अब जुन–सेप्टेम्बर अवधि भन्दा बाहिर फैलिरहेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij