२०८२, आश्विन २१ गते

Oct 07 2025 | २०८२, आश्विन २१ गते

गत शुक्रवार र शनिवारको वर्षाका कारण हालसम्म ५२ जनाको निधन, ५ जना बेपत्ता

मंगलवार , आश्विन २१, २०८२

  • 607
    Shares
  • 607
    Shares
  • काठमाडौं, २१ असोज । गत शुक्रवार र शनिवारको वर्षाका कारण हालसम्म ५२ जनाको निधन भएको छ ।

    मंगलवार राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले यसबारे जानकारी दिएको हो । प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टकाअनुसार पहिरोमा परी ३९ जनाको ज्यान गएको छ ।

    पहिरोमा परी मृत्यु हुनेहरुमा इलाममा ३७, पाँचथरमा एक र काभ्रेपलाञ्चोकमा एक जना रहेका छन् । बाढीमा परेर मृत्यु हुनेहरु ११ जना रहेका छन् । उदयपुर दुई, धनुषा दुई, इलाम एक, पाँचथर एक, खोटाङ, मोरङ, सुनसरी, रौतहट र भोजपुरमा एक÷एक जना रहेका छन् ।

    चट्याङबाट रौतहटमा दुई जनाको निधन भएको छ । हाल चार जना रसुवामा बेपत्ता रहेका कार्यकारी प्रमुख भट्टले बताउनु भयो । इलाममा एक जना गरी ५ जना बेपत्ता छन् । घाइते ४७ जना रहेको बताउनु भयो । पहिरोबाट ३३ जना, चट्याङबाट १४ जना घाइते भएका छन् । 

    बेपत्ता भएकाहरुको खोजि कार्य जारी रहेको र त्यसका लागि तीन वटै सुरक्षा निकाय परिचालित रहेको बताउनु भयो ।