
सोमवार , आश्विन २०, २०८२
भैरहवा, २० असोज । रुपन्देहीको भैरहवा तथा आसपासका क्षेत्रमा अलपत्र यात्रुहरुलाई लैजान आएको नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को विमानले भैरहवाबाट १५७ जना यात्रु लिएर काठमाडौं फर्किएको छ । बेलुका साढे पाँच बजे १५७ जना यात्रु लिएर विमान काठमाडौं उडेको थियो ।
उक्त विमान सोमबार दिउँसो ३ः४५ बजे भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उडड्यन कार्यालयका प्रवक्ता श्याम किशोर साहका अनुसार काठमाडौंबाट भैरहवा आएको न्यारोबडी जहाजमा ७६ जना यात्रु रहेका थिए ।
विमानस्थलका सूचना अधिकारी विनोद सिंह रावतले समस्यामा परेका यात्रुको सहजतालाई मध्यनजर गरी नेपाल एयरलाइन्सको विमानले उडान सञ्चालन गरेको बताउनुभयो । नेपाल नागरिक उडड्यन प्राधिकरण, नेपाल वायु सेवा निगम र नेपाल सरकारको पहलमा यो उडान सञ्चालन भएको उहाँले बताउनुभयो । यो खुसीको विषय भएको उहाँले बताउनुभयो । आइतबार राती हुने भनिएको उडान सोमबार भएको उहाँले बताउनुभयो ।
देशमा बाढी र पहिरोका कारण सिर्जित विषम परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायु सेवा निगमको जहाजले उद्वार उडान सञ्चालन गरेको हो । अशक्त, वृद्धवृद्धा, बिरामी तथा अत्यावश्यक यात्रुलाई प्राथमिकतामा राखिएको नेपाल वायु सेवा निगमले जनाएको छ ।
यात्रुको उद्धारका लागि नेपाल वायुसेवा निगमको न्यारोबडी जहाजले सोमबार दिउँसो काठमाडौं–भैरहवा–काठमाडौं चार्टर्ड उडान गरेको हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij