२०८२, आश्विन २१ गते

Oct 07 2025 | २०८२, आश्विन २१ गते

अलपत्र यात्रुलाई काठमाडौं लैजान भैरहवा पुग्यो नेपाल एयरलाइन्सको जहाज

सोमवार , आश्विन २०, २०८२

  • 652
    Shares
  • 652
    Shares
  • भैरहवा, २० असोज । भैरहवा तथा आसपास क्षेत्रमा अलपत्र यात्रुहरुलाई काठमाडौं लैजान नेपाल एयरलाइन्सको (एयरबस एथ्री २०) सोमबार दिउँसो भैरहवा आइपुगेको छ । दिउँसो ३ः४५ बजे भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको विमानमा ७६ जना यात्रु रहेका थिए ।

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उडड्यन कार्यालयका प्रवक्ता श्याम किशोर शाहका अनुसार १५७ जना यात्रु उक्त विमानमार्फत काठमाडौं पुग्नेछन् । 

    देशमा बाढी र पहिरोका कारण सिर्जित विषम परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को जहाजले उद्वार उडान सञ्चालन गरेको हो । अशक्त, वृद्धवृद्धा, बिरामी, वैदेशिक रोजगारीमा जानुपर्ने तथा अत्यावश्यक यात्रुलाई मध्यनजरलाई प्राथमिकतामा राखिएको नेपाल वायु सेवा निगमले जनाएको छ ।