२०८३, आश्विन १९ गते

Oct 05 2026 | २०८३, आश्विन १९ गते

कात्तिक १७ गते तोकिएको मनाङको उपनिर्वाचन स्थगित

सोमवार , आश्विन २०, २०८२

  • 994
    Shares
  • 994
    Shares
  • भैरहवा, २० असोज । आगामी कात्तिक १७ गतेका लागि तय भएको मनाङ प्रदेश सभाको उपनिर्वाचन स्थगित भएको छ । भदौ २३ गतेदेखि भएको आन्दोलनका कारण स्थानीय प्रशासनबाट कफ्र्यु आदेश जारी भइ पूवनिर्धारित निर्वाचन कार्यतालिका बमोजिमका कार्यक्रम कार्यान्वयनमा समेत असर परेकोले स्थगित गरिएको निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईले बताउनुभयो । 

    निर्वाचन कार्यक्रम पछि प्रकाशन गर्ने गरी पूर्वप्रकाशित कार्यक्रम बमोजिमका सम्पूर्ण कार्यहरु आयोगको असोज १९ गतेको निर्णयानुसार हाललाई स्थगन गरिएको भट्टराईले जानकारी दिनुभयो ।

    मनाङ क्षेत्र नम्बर १ (२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित सांसद् राजिव गुरुङ (दीपक मनाङ्गे) ज्यान मार्ने कसुरमा दोषी ठहर भएपछि उक्त स्थान रिक्त भएको छ ।

    re.jpg

    प्रतिनिधि सभा विघटनसँगै रुपन्देही–३ को प्रतिनिधि सभा उपनिर्वाचन भने यसअघि नै रद्द भइसकेको छ ।