२०८२, आश्विन २१ गते

Oct 07 2025 | २०८२, आश्विन २१ गते

आज कोजाग्रत पूर्णिमा : यस वर्षको दशैँ सकिँदै

सोमवार , आश्विन २०, २०८२

  • 361
    Shares
  • 361
    Shares
  • काठमाडौं, २० असोज । आज दशैँको अन्तिम दिन । आजबाट यस वर्षको दशैँलाई बिदा गरिँदैछ ।

    कोजाग्रत पूर्णिमाका दिन दशैँलाई बिदा गरी लक्ष्मीलाई स्वागत गरिन्छ । आज रातभर जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको पूजा एवं आराधना गरिन्छ ।

    आजको दिनदेखि नै १५ दिन लामो दुर्गा पक्ष अर्थात नेपालीहरूको महान चाड बडादशैँ समाप्त हुन्छ । आश्विन शुक्ल दशमीदेखि शुरु भएको टीका र जमरा लगाउने क्रम आश्विन शुक्ल पूर्णिमा (कोजाग्रत पूर्णिमा) का दिन समाप्त हुन्छ ।

    बिहानै दशैँघरका सम्पूर्ण फूलप्रसाद जमराको अवशेष नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा लगेर विसर्जन गरिन्छ ।