२०८२, आश्विन २१ गते

Oct 07 2025 | २०८२, आश्विन २१ गते

भैरहवामा रोकिएका तीर्थयात्रीहरु गन्तव्यतर्फ प्रस्थान

सोमवार , आश्विन २०, २०८२

  • 637
    Shares
  • 637
    Shares
  • भैरहवा, २० असोज । भारतको वृन्दावनबाट फर्किएर रुपन्देहीको भैरहवामा रोकिएका करिब पाँच सय जना तीर्थयात्री गन्तव्यतर्फ प्रस्थान गरेका छन् । सोमबार बिहान यात्रुहरु गन्तव्यतर्फ प्रस्थान गरेको श्री राम जानकी हनुमान मन्दिर सेवा समिति सिद्धार्थनगर नगरपालिका–४ का अध्यक्ष नरेन्द्र प्रसाद रौनियारले बताउनुभयो । १३ वटा बसमा यात्रुहरु घरतर्फ प्रस्थान गरेको अध्यक्ष रौनियारले जानकारी दिनुभयो ।

    ‘असोज १० गते धार्मिक यात्राका लागि भारत प्रस्थान गरी नेपाल फर्किएका यात्रुहरुलाई सेवा गर्न पाउनु हाम्रो सौभाग्य हो, ’उहाँले भन्नुभयो । जिल्ला प्रशासन कार्यालयको समन्वय तथा उद्योगी, व्यवसायी, समाजसेवी रविभिन्न संघ–संस्थाको सहयोगमा भक्तजनहरुलाई भोजन, बास र सुरक्षाको प्रबन्ध गरिएको अध्यक्ष रौनियारले बताउनुभयो ।

    शनिबार बेलुकी नेपाल फर्किएका यात्रुहरु अविरल वर्षाका कारण देशका विभिन्न ठाउँठाउँमा पहिरो, बाढी र डुबानले बाटो बन्द भएपछि भैरहवामा रोकिएका थिए । उनीहरु आइतबार दिउँसो श्री राम जानकी हनुमान मन्दिर परिसरमा र साँझ धर्मशालामा बसेका थिए । तीर्थयात्रीहरुलाई निःशुल्क भोजन र बासको व्यवस्थाका लागि उद्योगी–व्यवसायी, समाजसेवी तथा विभिन्न संघ–संस्थाले सहयोग गरेको स्थानीय विजय अधिकारीले जानकारी दिनुभयो ।

    भक्तजनहरुलाई सहयोग गरेका भैरहवाबासीको मन ठूलो रहेको आफूहरुले पाएको तीर्थयात्री धन्नजय दासले बताउनुभयो । ‘भैरहवाबासीले दिल खोलेर सहयोग गर्नुभएको छ, मौसमका कारण घर जान नपाएका तीर्थयात्रीहरुलाई सहयोग गर्नु पुनित र महान कार्य हो, ’उहाँले भन्नुभयो ।