२०८२, आश्विन २१ गते

Oct 07 2025 | २०८२, आश्विन २१ गते

इण्डोनेसियाको विद्यालय भवन भत्किँदा मृत्यु हुनेको संख्या ३७ पुग्यो

सोमवार , आश्विन २०, २०८२

  • 445
    Shares
  • 445
    Shares
  • काठमाडौं, २० असोज । इण्डोनेसियाको पूर्वी जाभा प्रान्तमा विद्यालय भवन भत्किँदा मृत्यु हुनेको संख्या ३७ पुगेको क्षेत्रीय उद्धार अधिकारीहरूले बताएका छन् ।

    पूर्वी जाभा खोज तथा उद्धार कार्यालयका प्रमुख नानाङ सिगिटले कार्यालयद्वारा जारी विज्ञप्तिमा पीडितहरू भग्नावशेषमुनि पुरिएकाले उत्खनन कार्य चुनौतीपूर्ण भएको बताएका छन् ।

    करिव २५ जना अझै बेपत्ता छन् र मृत्यु हुनेको संख्या बढ्ने अनुमान गरिएको छ । सिदोआरजो जिल्लाको बहुमंजिला अल खोजिनी इस्लामिक बोर्डिङ स्कूलको एक भाग गत सोमवार अनधिकृत मर्मतसम्भारको क्रममा भत्किएको थियो ।