२०८२, फाल्गुण २३ गते

Mar 07 2026 | २०८२, फाल्गुण २३ गते

रुपन्देहीमा सोमबारदेखि सेवा प्रवाह सुचारु

सोमवार , आश्विन २०, २०८२

  • 979
    Shares
  • 979
    Shares
  • भैरहवा, २० असोज । रुपन्देही जिल्लाका सम्पूर्ण कार्यालयहरु सोमबार (आज) देखि खुला रही सेवा सेवा प्रवाह सुचारु हुने भएको छ । जिल्ला प्रशासन कार्यालयले जिल्लास्थित सम्पूर्ण कार्यालय एवं संस्थान तथा स्थानीय तहहरु लगायत सबै संघ–संस्थाहरुले सेवा प्रवाह सुचारु हुने गरी कर्मचारी उपस्थितिको व्यवस्था मिलाउन जानकारी गराउँदै सूचना जारी गरेको छ । 

    प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले मौसमी प्रतिकूलताका कारण नेपाल सरकारबाट असोज १९ र २० गतेका दिन सार्वजनिक विदा घोषणा भएकोमा गृह मन्त्रालयको असोज १९ को पत्रबाट विपद् जोखिम तथा प्रतिकार्यमा संलग्न नरहेका जिल्लाहरुले सार्वजनिक सेवा सुचारु गर्नु गराउनुहुन भनी निर्देशन प्राप्त भएकोले असोज २० गते सोमबारदेखि रुपन्देहीमा सेवा सुचारु हुने बताउनुभयो ।