२०८२, आश्विन २० गते

Oct 06 2025 | २०८२, आश्विन २० गते

उद्वार कार्यमा लाग्न पार्टी पंक्तिलाई जसपा नेपालको आह्वान

आइतवार , आश्विन १९, २०८२

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • भैरहवा, १९ असोज । जनता समाजवादी पार्टी (जसपा), नेपालले विपद्मा परेको जनसमुदायलाई स्थानीय प्रशासन तथा निकायहरुसँग समन्वय तथा सहकार्य गरी उद्वार तथा राहत कार्यमा लाग्न पार्टी पंक्तिलाई आह्वान गरेको छ ।

    पार्टीका महासचिव लालबाबु राउतले भारी वर्षाको कारणबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । ‘हाल मुलुकभरी दुई दिनदेखिको लगातार भारी वर्षाको कारणबाट बाढी, पहिरो र डुबानका कारण मुलुकको धेरैजसो भू–भागबाट धेरै जनसमुदायहरुको अवस्था अत्यन्तै चिन्ताजनक रहेको छ, ’महासचिव राउतले भन्नुभयो ।