२०८२, आश्विन २० गते

Oct 06 2025 | २०८२, आश्विन २० गते

सिद्धार्थनगर–८ मा रहेको एक पसलमा चोरी

आइतवार , आश्विन १९, २०८२

  • 952
    Shares
  • 952
    Shares
  • भैरहवा, १९ असोज । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ बसडिलवास्थित एक पसलमा शनिबार राती चोरी भएको छ । एसियन बुद्ध होटल अगाडि रहेको चिया–नास्ता पसलमा गए राती चोरी भएको सञ्चालक सुनिता घर्तीले बताउनुभयो । 

    ‘राती १० बजे पसल बन्द गरेर घर गएँ, बिहान पौन ७ बजे पसलमा आउँदा पसल पछाडी रहेको झ्याल फोडेर नगद तथा गहना चोरी भएको रहेछ, ’घर्तीले भन्नुभयो । १ तोला सुन र नगद ४० हजार चोरी भएको उहाँले जानकारी दिनुभयो । पसल सञ्चालनमा आएको करिब अढाइ महिना मात्र भएको उहाँले बताउनुभयो । उहाँले चोरी घटनामा संलग्न व्यक्तिको पहिचान गरी कारवाही गर्न प्रहरी–प्रशासनसँग आग्रह गर्नुभयो ।

    स्थानीय युवा समाजसेवी दिलिप कुमार वि.क.ले घटनाबारे प्रहरीलाई जानकारी गराइसकेको बताउनुभयो ।