२०८२, आश्विन २० गते

Oct 06 2025 | २०८२, आश्विन २० गते

दुई दिनको वर्षाले हिलाम्मे काठमाडौंका सडक

आइतवार , आश्विन १९, २०८२

  • 391
    Shares
  • 391
    Shares
  • काठमाडौं, १९ असोज । काठमाडौं उपत्यकामा वर्षा हुन रोकिएसँगै जनजीवन सामान्य बन्दै गएको छ ।

    आईतवार बिहानैदेखि वर्षा रोकिएसँगै काठमाडौं जनजीवन सामान्य बन्दै गएको हो । शुक्रवार रातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकासहित देशभरको जनजीवन कष्टकर बनेको थियो ।

    आईतवारबाट मौसम उघ्रिएको छ । आज साँझबाट देशभरकै मौसम खुल्दै जाने मौसमविद्हरुले बताएका छन् ।

    अविरल वर्षाले उपत्यकाका विभिन्न सडकहरुमा हिलो र धुलो प्रशस्त देख्न सकिन्छ । हिलाम्मे सडकमा सवारी गुडिरहेका छन् ।