२०८२, आश्विन २० गते

Oct 06 2025 | २०८२, आश्विन २० गते

सप्तकोशीका ५६ वटै ढोका खोलियो

आइतवार , आश्विन १९, २०८२

  • 439
    Shares
  • 439
    Shares
  • सुनसरी, १९ असोज । पानीको बहाव उच्च भएसँगै सप्तकोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ ।

    कोशीमा आईतवार साढे १० बजे पानीको बहाव ४ लाख ८६ हजार ७६० क्युसेक पुगेको छ । आईतवार बिहानदेखि पानीको बहाव प्रतिसेकेण्ड ३ लाख ३५ हजार पुगेपछि ब्यारेजका ५६ ढोकामध्ये ५० खोलिएको थियो ।

    शुक्रवार र शनिवार लगातार वर्षा भइरहेका कारण आईतवार बिहानदेखि  सप्तकोशीमा पानीको बहावले खतराको तह पार गरेको छ । कोशी ब्यारेजमा पानीको प्रवाह एक लाख ५० हजार क्युसेक नाघेपछि खतराको सङ्केतस्वरूप रातो बत्ती बाल्ने गरिन्छ ।

    आईतवारबाट कोशी प्रदेशमा मनसुन सक्रिय भएको छ । बिहानैबाट वर्षा जारी छ । जल तथा मौसम विज्ञान विभागकाअनुसार कोशी प्रदेशमा सक्रिय रहेको मनसुन विस्तारै बाहिरिँदै गएको छ ।

    सप्तकोशीमा आईतवार बेलुकैसम्म पानीको बहावले खतराको तह पार गर्ने विभागले बताएको छ । सुनकोशी, अरुण र तमोर नदीमा पनि पानीको सतह खतराको तह भन्दा माथि छ ।