२०८२, आश्विन २० गते

Oct 06 2025 | २०८२, आश्विन २० गते

दशैंको अवसरमा बृहत साँस्कृतिक कार्यक्रम तथा कुस्ती प्रतियोगिता सम्पन्न

शनिवार , आश्विन १८, २०८२

  • 811
    Shares
  • 811
    Shares
  • तिलोत्तमा १८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० सगरहवामा विजया दशमीको अवसरमा बृहत साँस्कृतिक कार्यक्रम तथा अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । कार्यक्रममा संस्कृति झल्किने झाँकी तथा बृहत नृत्य प्रस्तुति गरिएको थियो । कुस्ती प्रतियोगितामा नेपाल र छिमेकी देश भारतका गरी २० जना पहलमानहरुको सहभागीता थियो ।

    557950948_1552095432808354_8685856722517142200_n.jpg

    प्रतियोगिता अवलोकन गर्न आउनेहरुको बाक्लो उपस्थिति थियो । परापूर्वकालदेखि साँस्कृतिक आदानप्रदान गर्ने प्रतियोगिताको रुपमा सञ्चालन हुदै आइरहेको कुस्ती प्रतियोगिताले परम्परालाई निरन्तरता दिदै स्थानीयबासी बताउँछन् । स्थानीय परम्परालाई संरक्षण र सम्बद्र्धन गर्ने र युवाहरुलाई असल र सभ्य समाज निर्माणमा आपसी सहकार्य र समन्वय गर्ने गराउने भावनाको विकास गर्न यस प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । 

    557641690_1552094149475149_6536395100577627783_n.jpg

    समाजमा सद्भाव कायम राख्न र कुस्ती प्रतियोगितालाई जनस्तरसम्म पुर्याउने उद्देश्यले सञ्चालित प्रतियोगितमा पहिलो हुनेले नगद ७५ हजार रुपैयाँसहित मेडल, दोस्रो हुनेले नगद ५० हजारसहित मेडल र तेस्रो हुनेले नगद २५ हजार रुपैयाँसहित मेडल प्राप्त गरेका छन् ।

    संगम साहारा युवा क्लब तथा सगरहवा गाउँ समाजको संंयुक्त आयोजनामा भएको कार्यक्रममा तिलोत्तमा–१० का वडाध्यक्ष गोपाल प्रसाद घिमिरे, १७ का वडाअध्यक्ष दान बहादुर चौधरी, १० का निवर्तमान वडा अध्यक्ष ब्यासमुन चौधरी लगायत स्थानीय अगुवा, संघ–संस्थाका प्रतिनीधिहरुसहित स्थानीयको उपस्थिति थियो ।

    संगम सहारा युवा क्लबका अध्यक्ष कनै थारुको अध्यक्षता, मेला संयोजक चन्दन चौधरीको स्वागत तथा सञ्चारकर्मी राज चौधरी र निलम चौधरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।