२०८२, आश्विन २० गते

Oct 06 2025 | २०८२, आश्विन २० गते

भिषण वर्षाका कारण हुन सक्ने भौतिक र मानवीय क्षति न्यूनीकरणमा लागौं : पूर्ण बस्नेत

शनिवार , आश्विन १८, २०८२

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • काठमाडौं, १८ असोज । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले मुलुकमा भइरहेको भिषण वर्षाका कारण हुनसक्ने भौतिक र मानवीय क्षति न्यूनीकरणमा लाग्नुपर्ने बताउनुभएको छ । बाढी, पहिरो र डुबान एवं त्यसबाट उत्पन्न हुनसक्ने सम्भावित जोखिम र विपद्बाट आफू जोगिने र अरुलाई पनि जोगाउने काममा लाग्न उहाँले सामाजिक सञ्जालमार्फत सबैमा अपील गर्नुभएको छ ।

    बस्नेतले भन्नुभएको छ,‘जेनजी विद्रोहका कारण मुलुकले ठूलो भौतिक र मानवीय क्षति व्यहोर्नुपरेको छ । त्यसलगत्तै आएको भिषण वर्षाले पुर्याउन सक्ने थप क्षतिबाट मुलुकलाई जोगाउन हामी सबैले आ–आफ्नो ठाउँबाट आवश्यक पहल गरौं ।’

    उहाँले सूचना र जानकारीको सम्प्रेषण, सचेतना, खोज, उद्दार, राहत र पुनस्र्थापनाको कार्यमा समेत जुट्न सबैमा आग्रह गर्नुभएको छ ।