२०८२, आश्विन २० गते

Oct 06 2025 | २०८२, आश्विन २० गते

सरोकारवाला निकायसँग सहकार्य गर्न स्थानीय कमिटीलाई एमालेको आग्रह

शनिवार , आश्विन १८, २०८२

  • 715
    Shares
  • 715
    Shares
  • भैरहवा, १८ असोज । नेकपा (एमाले) ले आवश्यकता अनुसार राज्यका सरोकारवाला निकायसँग सहकार्य गर्न स्थानीय पार्टी कमिटीहरूलाई अनुरोध गरेको छ । पार्टीका महासचिव शंकर पोखरेलले भारी वर्षाका कारण बाढी, पहिरो र डुबान जस्ता विपद् आउन सक्ने सम्भावना भएकाले सबैलाई पूर्वतयारीमा रहन अनुरोध गर्नुभएको हो ।

    महासचिव पोखरेलले निरन्तर वर्षा भइरहेको र मौसम पूर्वानुमान अनुसार देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना रहेकोले सचेत रहन र सचेत बनाउन आग्रह गर्नुभएको छ । उहाँले खोलानाला तथा नदी किनारमा नजान, लामो दूरीको अनावश्यक यात्रा नगर्न र जोखिमयुक्त स्थानबाट सुरक्षित स्थानतर्फ सर्न समेत आग्रह गर्नुभएको छ ।