२०८२, आश्विन २० गते

Oct 06 2025 | २०८२, आश्विन २० गते

चाडपर्वको बेला यातायात बन्द गर्नु सरकारको बाध्यता : कार्यकारी प्रमुख भट्ट

शनिवार , आश्विन १८, २०८२

  • 676
    Shares
  • 676
    Shares
  • काठमाडौं, १८ असोज । सरकारले परिस्थितिवश दशैँको बीचमा यातायात बन्द गर्नुपरेको बताएको छ ।

    शनिवारदेखि सोमवारसम्म देशभर अत्याधिक वर्षा हुने र वर्षापछि बाढी, पहिरोको जोखिम रहने भएकाले सुरक्षित ठाउँमा बस्न र यात्रा नगरिदिन आग्रह गरेको हो ।

    राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले दशैँको बीचमा यातायात बन्द गर्नुपर्दा दुःख लागे पनि नागरिकको सुरक्षाका लागि बन्द गर्नुपर्ने अवस्था आएको बताउनु भयो ।

    स्थानीय प्रशासनलाई यात्राका क्रममा रहेका सवारीसाधनहरु सुरक्षित स्थानमा रोक्न लगाउन निर्देशन गरिसकेको बताउनु भयो । पिउने पानी, खानेकुरा, शौचालय भएको ठाउँमा र बाढी र पहिरोको जोखिम नभएको ठाउँमा गाडी रोक्न आग्रह गरिएको बताउनु भयो । सम्भावित जोखिम कम हुने बित्तिकै अर्को ठाउँमा पास गर्ने तयारी रहेको बताउनु भयो । 

    उहाँले भन्नुभयो, ‘दशैँको बीचमा यातायात बन्द गर्न पर्दा हामीलाई पन दुःख लागेको छ । तर अत्यावश्यक परिस्थितिका कारण यो गरिएको हो । सँगै स्थानीय प्रशासनलाई यसरी गाडी रोक्नुपरेको परिस्थिति आएको बेला सुरक्षित ठाउँमा गाडी रोक्नुहोस् ।

    सकेसम्म पिउने पानी, खानेकुरा, शौचालय भएको ठाउँमा र बाढी र पहिरोको जोखिम नभएको ठाउँमा गाडी रोक्न लगाउने, सम्भावित जोखिम कम हुने बित्तिकै अर्को ठाउँमा पास गर्ने भनेर तयारी भएको छ । यसलाई स्थानीय प्रशासनले हेरिरहेको छ ।’

    उहाँले विपी राजमार्ग, पृथ्वी राजमार्ग, त्रिभूवन राजमार्गमा सुरक्षार्थ सुरक्षाकर्मीहरु धेरै खटाएको बताउनु भयो ।