
सोमवार , बैशाख ६, २०७८
बुटवल, ६ वैशाख ।
लुम्बिनी बेकरीज व्यवसायी संघको १२ औं साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै लुम्बिनी बेकरीज संघ अध्यक्ष देवानन्द पाण्डेले खुल्ला सिमानाको कारणले व्यवसायी धरापमा परेको बताए । उनले संघीय र स्थानीय सरकारले कर मात्र असुल्ने नभएर भारतबाट अवैध रुपमा नाकाबाट आएका अखाद्य बस्तु नियन्त्रण गनुपर्ने र यहाँ व्यवसायीहरुले र मेटरियल कमसल नराख्न आग्रह गरे । अब छिट्टै लुम्बिनी प्रदेश भरी संघमा बेकरीज व्यवसायीहरुलाई आबद्ध गराउने उनले बताए ।
लुम्बिनी प्रदेश उद्योग परिसंघका अध्यक्ष एजाज आलमले गुणस्तरमा ध्यान दिन बेकरीज व्यवसायीहरुलाई आग्रह गरे । बेकरीज खाद्य सम्बन्धि रहेकोले उद्योगीहरुले उपभोक्तालाई पनि सचेत गराउनु पर्ने र कति दिनभित्र खान मिल्ने÷नमिल्ने जस्ता लेबल टास्नुपर्ने तथा आफ्नो उद्योग सरसरफाईमा बढी ध्यान दिनुपर्ने बताए ।
त्यस्तै संस्थापक अध्यक्ष कदर बहादुर रायमाझीले संगठनलाई बलियो बनाएर लैजानुपर्ने, नेपाल सरकारले तोकेको मापदण्ड पूरा गर्नुपर्ने, लुम्बिनी बेकरीज व्यवसायी ३ जिल्ला मात्र सीमित नगरेर प्रदेशभरी विस्तार गनुपर्ने तथा गुणस्तरमा ध्यान दिनुपर्ने बताए । उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेशका अध्यक्ष तथा रुपन्देही उद्योग संघ पूर्व अध्यक्ष तेज कुमार पाठकले व्यवसायीहरुले कानुनभित्र रहेर काम गनुपर्ने र कहिले कमसल खालको केमिकल प्रयोग नगर्न आग्रह गरे ।
कार्यक्रममा रुपन्देही उद्योग संघका अध्यक्ष तथा लुम्बिनी बेकरीज संघका वरिष्ठ उपाध्यक्ष बाबुराम बोहराले अहिले भइरहेको अघोषित लोडसेडिङको कारणले बेकरीज उद्योग समस्यामा परेको बताए । कार्यक्रममा संस्थापक अध्यक्ष कदर बहादुर रायमाझी संम्मान गरेको थियो । कार्यक्रम संचालन संघका महासचिव यादव गैरेले गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij