२०८२, आश्विन १७ गते

Oct 03 2025 | २०८२, आश्विन १७ गते

विवाह गीत ‘नयाँ घरमा’ सार्वजनिक

शुक्रवार , आश्विन १७, २०८२

  • 736
    Shares
  • 736
    Shares
  • भैरहवा, १७ असोज । नेपाली विवाह संस्कृतिमा आधारित नयाँ गीत ‘नयाँ घरमा’ सार्वजनिक भएको छ । ‘नयाँ घरमा’ गीतले नेपाली समाजमा विवाह संस्कारको महत्व, दुलहीको नयाँ घर प्रवेशको भावनात्मक पक्ष तथा परिवारबीचको आत्मीयतालाई कलात्मक ढंगले प्रस्तुत गरेको छ ।

    गायक श्रीधर अधिकारी र गायिका देवी घर्ती मगरको स्वरमा रहेको यो गीतमा कलाकार मुकु सुवेदी र सुस्मा सापकोटाको अभिनय रहेको छ । पञ्चे बाजा शैलीमा रचित यस गीतका शब्द सुस्मा सापकोटाले लेख्नुभएको हो भने संगीत राजन अधिकारीले भर्नुभएको छ । गीतलाई आधुनिक स्वाद दिनका लागि एरेन्ज, मिक्सिङ र मास्टरिङको काम एचबीएन किस्मतले गर्नुभएको हो । गीतको रेकर्डिङ १ डि.बी. एचडी नेक्स्ट लेभल स्टुडियोमा गरिएको हो ।

    गीतको कथा तथा निर्देशन मुकु सुवेदीले गर्नुभएको छ । भिडियोमा सुवेदी स्वयं र गायिका तथा मोडल सुस्मा सापकोटाले प्रमुख भूमिका निर्वाह गर्नुभएको छ । छायांकनमा सुरज घिमिरे ‘सेन’, सागर महत, समिप चौधरी र बिपिन ज्ञवाली हुनुहुन्छ  भने सम्पादन तथा कलर ग्रेडिङ ८८ सुरज घिमिरे ‘सेन’कै रहेको छ ।

    भिडियोको पोस्टर डिजाइन उत्तम कुमार कार्कीले गर्नुभएको छ । राजेन्द्र अर्याल र सन्तोष सापकोटा प्राविधिक सल्लाहकारको भूमिकामा हुनुहुन्छ । सम्पूर्ण पोस्ट–प्रोडक्सनको जिम्मेवारी शुभा इभेन्ट्सले निर्वाह गरेको छ।

    २८ सेप्टेम्बर २०२५ मा मुकु सुवेदीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यो गीतले छोटो समयमा नै राम्रो चर्चा पाएको छ । प्रकाशन भएको केही दिनमै गीतलाई १२ हजारबढी दर्शकले हेरेका छन् भने ४५० भन्दा बढीले लाइक गरेका छन् ।