
मंगलवार , आश्विन १४, २०८२
काठमाडौं, १४ असोज । नयाँ कुमारी आर्यतारा शाक्यलाई कुमारी आसनमा विराजमान गराइएको छ ।
मंगलवार मध्यान्ह आर्यतारालाई कुमारी आसनमा विराजमान गराइएको हो । साढे दुई वर्षीया आर्यातारा केशचन्द्र पारावर्त महाविहार इन्तुबहालकी कुलपुत्री हुनुहुन्छ ।
मंगलवार दिउँसो सवा १२ बजेर ५ मिनेटको शुभ साईतमा वसन्तपुरस्थित कुमारी घरमा विशेष अनुष्ठान गरी कुमारी आसनमा विराजमान गराइएको हो ।
मंगलवार नै वर्तमान कुमारी तृष्णा शाक्यलाई आसनबाट उतारी बाजागाजासहित कुमारी घरबाट विदा गरिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij