
सोमवार , आश्विन १३, २०८२
भैरहवा, १३ असोज । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ दुर्गाकलोनीस्थित दुर्गा मन्दिरमा फूलपाती भित्र्याइएको छ । बडादशैंको अवसरमा सोमबार बिहान दुर्गा मन्दिरबाट सुरु भएको धार्मिक शोभा यात्रा दुर्गा कलोनीका विभिन्न स्थान, निलकण्ठेश्वर मन्दिर हुँदै पुनः दुर्गामन्दिरमा पुगेर फूलपाती भित्र्याइएको थियो ।
कार्यक्रममा श्री दुर्गा सामुदायिक सेवा केन्द्र (सामुदायिक प्रहरी) सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३, ५ र ६ का अध्यक्ष अजय कुमार गुप्ता, वरिष्ठ उपाध्यक्ष आनन्द प्रसाद न्यौपाने, महासचिव शान्ता कंडेल, कोषाध्यक्ष नन्दकिशोर यादव, कार्यसमिति सदस्यहरु, एकता महिला समूहका अध्यक्ष सकुन्तला अधिकारी लगायतको उपस्थिति थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij