२०८२, आश्विन १३ गते

Sep 29 2025 | २०८२, आश्विन १३ गते

५ घण्टापछि नियन्त्रणमा आयो भीमसेनस्थानमा लागेको आगो

सोमवार , आश्विन १३, २०८२

  • 373
    Shares
  • 373
    Shares
  • काठमाडौं, १३ असोज । काठमाडौं महानगरपालिका २२ भीमसेनस्थानमा लागेको आगो नियन्त्रणमा आएको छ ।

    सोमवार सबिहान साढे ४ बजेको समयमा लागेको आगो साढे ९ बजेपछि नियन्त्रणमा आएको हो । आगलागीबाट चार वटा घरहरु र एउटा मन्दिरमा क्षति पुगेको बताइएको छ । मानवीय क्षतिको आशंका गरिएको छ ।

    एउटा घर भने पूर्ण रुपमा जलेर नष्ट भएको छ । पूर्ण रुपमा क्षति भएको घरमा मानिसहरु फसेको हुनसक्ने आशंका खोजतलासी भइरहेको छ । भीमसेनस्थानस्थित मोहन शाहको घरको कपडाको गोदामबाट आगलागी भएको हो ।

    काठमाडौंका चार, ललितपुर महानगरको एक, नेपाली सेना, बूढानीलकण्ठ नगरपालिका गरी आठवटा दमकल आगलागी नियन्त्रणमा परिचालन गरिएको थियो । आगलागीको कारणबारे अनुसन्धान शुरु गरिएको छ ।

    554285648_1323133146130948_8633116829332975822_n.jpg