२०८२, आश्विन १३ गते

Sep 29 2025 | २०८२, आश्विन १३ गते

अर्घाखाँचीमा जीप दुर्घटना : २ जनाको मृत्यु, २४ घाइते

सोमवार , आश्विन १३, २०८२

  • 391
    Shares
  • 391
    Shares
  • अर्घाखाँची, १३ असोज । बुटवलबाट गुल्मीको मदाने गाँउपालिकास्थित पुर्कोट दह जादै गरेको फोर्स गाडी दुर्घटनामा परेको छ । अर्घाखाँचीको सन्धिखर्क– ९ टारीमा भएको फोर्स गाडी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।

    गुल्मीको पुर्कोटदह तर्फ जाँदै गरेको गुल्मी मदानेका चेतन कुंवरले चलाएको लु १ ज ४७२३ नम्बरको फोर्स जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी दिवस जिसीले जानकारी दिनुभयो । 

    मृत्यु हुनेमा गुल्मी मदाने गाँउपालिका  ६ पुर्कोटकी १० वर्षिया अरुणा थापा र  मदाने गाँउपालिका ७ नेटाखर्कका १३ वर्षीय नारायण पौडेल रहेको जिसीले जानकारी दिनुभयो । 

    a.jpg

    दुर्घटनामा २४ जना घाइते भएका छन् । उनीहरुमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ । केही  घाइतेलाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ ।