२०८२, आश्विन १२ गते

Sep 28 2025 | २०८२, आश्विन १२ गते

राष्ट्रपति र प्रधानमन्त्रीसँग वार्ता गर्न जेन—जी वार्ता टोली घोषणा

आइतवार , आश्विन १२, २०८२

  • 301
    Shares
  • 301
    Shares
  • काठमाडौं, १२ असोज । जेन—जीका केही युवा प्रतिनिधिहरुले सरकारसँग वार्ता गर्ने भन्दै वार्ता टोली घोषणा गरेका छन् ।

    आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीहरुले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्कीलगायत सरकारीका प्रतिनिधिसँग वार्ता गरी आफूहरुको माग सम्बोधन गराउने उद्देश्यले सो वार्ता टोली गठन गरिएको जानकारी गराएको हो ।

    वार्ता टोलीमा पुरुषोतम यादव, मिराज ढुंगाना, प्रवेश दाहाल, बब्लू गुप्ता, किशोरी कार्की, टिकाराम लिम्बू, योग्यता भण्डारी, जेम्स कार्की, काशी महम्मद मियार, अर्पित कुमार साथै दिपकजंग अधिकारी र अभिशेक श्रेष्ठ रहेको जनाइएको छ । अब थप ३ जना भने सहिद र घाइते परिवारबाट प्रतिनिधित्व गराउने वार्ता टोलीका सदस्य प्रवेश दाहालले जानकारी दिनु भयो । 

    उहाँले भन्नुभयो,‘यो विषय परिस्थितिलाई ध्यानमा राखेर आज हामीले आधिकारिक वार्ता टोली १२ सदस्यीय फिक्स भईसकेको छ । अब ४ जना शहीद परिवार र घाइते परिवारबाट लिएर नाम घोषणा गर्छौ ।

    अहिलेको विषय परिस्थितिलाई न्याय गर्न र राष्ट्रपतिसँग वार्ता गर्न भनेर यो टोली गठन गरेका हौं । वार्ता टोलीले राष्ट्रपतिसँग सम्झौता गर्नेछ । र, हामीले जसरी भएपनि वार्ता गर्नुपर्ने र आन्दोलनको वास्तविकता बुझाउनुपर्ने भएकाले हामी यसरी अघि बढिरहेका छौं । र, ती घाइते परिवार र सहिद परिवारलाई सम्झनुपर्ने हुन्छ ।

    यहाँ कुनैपनि राजनीतिक दल, व्यक्ति विशेष वा हामी कोहीबाट परिचालित छैनौं । हामी जेनजीहरु एक छौं, एकजुट हुनेछौं । हिजो मात्रै हामीले भेटघाट गरेर मिराज ढुंगाना, पुरुषोतम यादव, जस्ता व्यक्तिहरुसँग भेटेर हामीले सम्वादमार्फत हामी निक्र्यौल पुगिसकेका छौं । हामीले सुदन गुरुङसँग पनि सल्लाह गरिसकेका छौं ।

    उनको पनि हामीलाई साथ  छ । संवाद गरेर अघि बढिसकेका छौं । हाम्रो टोलीमा पुरुषोतम यादव, मिराज ढुंगाना, प्रवेश दाहाल, बब्लू गुप्ता, किशोरी कार्की, टिकाराम लिम्बु, योग्यता भण्डारी, जेम्स कार्की, काशी महम्मद मियार, अर्पित कुमार साथै दिपकजंग अधिकारी र अभिशेक श्रेष्ठ हुनुहुन्छ । अब ३ जना हामी घाइते र सहिद परिवारबाट राख्नेछौं ।’

    पत्रकार सम्मेलनमा उनीहरुले आफूहरुको सुरक्षा गर्न सरकारसँग माग गरेका छन् । त्यसैगरी मुलुकलाई प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने व्यवस्था गर्नुपर्ने लगायतको आफूहरुको माग रहेको पनि बताएका छन् ।