२०८२, आश्विन १२ गते

Sep 28 2025 | २०८२, आश्विन १२ गते

सिद्धार्थनगर–४ मा सरसफाई कार्यक्रम सम्पन्न

आइतवार , आश्विन १२, २०८२

  • 385
    Shares
  • 385
    Shares
  • भैरहवा, १२ असोज । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ मा स्थानीय युवाहरुको सक्रियतामा शनिबार सरसफाई कार्यक्रम सञ्चालन गरिएको छ । ‘युवा समाज सेवा’  सिद्धार्थनगर–४ को आयोजनामा कार्यक्रम गरिएको हो । 

    विजया दशमी, दीपावली तथा छठपर्वको अवसरमा कार्यक्रम गरिएको युवा समाज सेवाका अध्यक्ष रोशन बहादुर थापाले बताउनुभयो । शनिबार मायादेवी चोकदेखि दोगहरा चोकसम्म कार्यक्रम गरिएको थापाले जानकारी दिनुभयो । स्थानीय टोल र समुदायलाई स्वच्छ र व्यवस्थित बनाउन तथा जनचेतना अभिवृद्धिका लागि अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो । तीन चरणमा यो कार्यक्रम सञ्चालन गरिने उहाँको भनाइ छ ।

    युवा समाज सेवाका संरक्षक गोविन्द यादवको सल्लाह अनुसार कार्यक्रम गरिएको थापाले जानकारी दिए । दशैंपछि पुनः कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयो । सो अवसरमा युवाहरुसँगै महिला समूह तथा स्थानीयबासीको सहभागीता थियो ।