२०८२, कार्तिक २८ गते

Nov 14 2025 | २०८२, कार्तिक २८ गते

दक्षिणी भारतमा भागदौड : मृत्यु हुनेको संख्या ३८ पुग्यो

आइतवार , आश्विन १२, २०८२

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • काठमाडौं, १२ असोज । दक्षिणी भारतमा शनिवार एक राजनीतिक ¥यालीमा भएको भागदौडमा मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।

    जसमा अधिकांश महिला र बालबालिका रहेको बताइएको छ । तमिलनाडु राज्यमा फिल्म अभिनेता विजयले आफ्नो राजनीतिक दल तमिलगा वेत्री कझगमको समर्थनमा आह्वान गरेको ¥यालीमा भागदौड मच्चिएको थियो ।

    राज्यको सत्तारूढ दल द्रविड मुन्नेत्र कझगमका वरिष्ठ राजनीतिक नेता वी. सेन्थिल बालाजीले घाइतेमध्ये ४६ जनालाई निजी अस्पतालमा भर्ना गरिएको बताएका छन् । १२ जनाको सरकारी सुविधामा उपचार भइरहेको बताएका छन् ।