२०८२, चैत्र २४ गते

Apr 07 2026 | २०८२, चैत्र २४ गते

विदेश भाग्ने कुरा सोच्न पनि सकिदैन : अध्यक्ष ओली

शनिवार , आश्विन ११, २०८२

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • भक्तपुर, ११ असोज । नेकपा (एमाले) का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई फेरि संवैधानिक लोकतान्त्रिक मूलधारमा ल्याउने बताउनुभएको छ । राष्ट्रिय युवा संघ, नेपालले शनिबार भक्तपुरको गुण्डुमा आयोजना गरेको भेटघाट कार्यक्रममा अध्यक्ष ओलीले वर्तमान सरकार संवैधानिक, जनताको अभिमतको बाटोबाट नभइ तोडफोड, आगजनीको माध्यमबाट बनेको उल्लेख गर्दै मुलुकलाई फेरि संवैधानिक लोकतान्त्रिक मूलधारमा ल्याउने बताउनुभएको हो । 

    अहिले सरकारले पासपोर्ट रोक्ने हल्ला सुनेको भन्दै ओलीले हाहुको सरकारलाई देश जिम्मा लगाइदिएर विदेश भाग्ने कुरा सोच्न पनि नसकिने जिकिर गर्नुभयो ।

    उहाँले जेनजी आन्दोलनमा क्रममा शंकास्पद ढंगले गोली चलेको र तोडफोड, आगजनीको घटना भएकाले सत्यतथ्य छानबीन हुनुपर्ने बताउनुभयो । उहाँले जेनजी पुस्ताले उठाएको सुशासन र भ्रष्टाचारको विषयलाई आफूले गम्भीरतापूर्वक लिएको बताउनुभयो । आफूमाथि लगाएका आरोपप्रति जवाफदेही हुने भन्दै उहाँले देशमा शान्ति र सामाजिक मर्यादा कायम हुनु आवश्यक रहेको धारणा राख्नुभयो ।

    अध्यक्ष ओलीले देश बनाउने पार्टी एमाले नै भएकाले हरेस नखान नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । त्यस्तै उहाँले देश जोगाउन राष्ट्रिय एकता आवश्यक रहेकाले एकताबद्ध भएर अघि बढ्न आह्वान समेत गर्नुभयो ।