२०८२, आश्विन १० गते

Sep 26 2025 | २०८२, आश्विन १० गते

अब पार्टी रुपान्तरण जरुरी : माओवादी नेताहरु

शुक्रवार , आश्विन १०, २०८२

  • 313
    Shares
  • 313
    Shares
  • काठमाडौं, १० असोज । नेकपा (माओवादी केन्द्र) का नेताहरुले पार्टी रुपान्तरण जरुरी रहेको बताएका छन् ।

    बिहीवारदेखि काठमाडौंको प्रज्ञा भवनमा जारी केन्द्रिय कमिटीको बैठकका क्रममा प्रज्ञा परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेताहरुले यस्तो बताएका हुन् । उनीहरुले पार्टीलाई रुपान्तरण गर्नुको विकल्प नभएको बताए ।

    भ्रष्टीकरणको कारणले राजनीतिक दलहरुप्रति जनताले विश्वास नगरेको जिकिर गरे । सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता सुदन किराँतीले अब यथास्थितिमा पार्टी चल्न नसक्ने बताउनु भयो ।

    उहाँले प्रतिवद्धता गरेका कुराहरु व्यवहारतः लागू हुनुपर्ने बताउनु भयो । जेन जी आन्दोलनले सबै पार्टीलाई विघटन गरेको भन्दै रुपान्तरणको विकल्प नरहेको बताउनु भयो । समाप्त हुने की रुपान्तरण गर्ने भन्ने भन्दा अर्को मार्ग नरहेको बताउनु भयो ।

    जनतालाई अनुभुति हुनेगरी रुपान्तरित भएको महशुस गराउने गरी अघि बढ्नुपर्ने बताउनु भयो । भ्रष्टाचारीहरुलाई यथासक्य कारबाही गर्न उच्चस्तरीय न्यायिक छानविन आयोग गर्नुपर्ने बताउनु भयो । 

    अर्का माओवादी केन्द्रका नेता माधव सापकोटाले बहुसंख्यक सदस्यहरुले विशेष महाधिवेशनको कुरा समय सान्दर्भिक रहेको उल्लेख गर्नुभएको जानकारी दिनुभयो । पार्टीमा जटिलता र कमजोरीहरु रहेको र रुपान्तरणको तयारी गर्नुपर्ने माग उठेको बताउनु भयो । पदाधिकारीहरुले आफ्नो जिम्मेवारीअनुसार जस—अपजस लिनुपर्ने प्रश्ताव आएको बताउनु भयो । 

    अर्का नेता राम कार्कीले पार्टी नयाँ बनाउनका लागि कुनैपनि पुरानो चिजलाई आंशिक र आवधिक रुपमा भत्काउनुपर्ने बताउनु भयो । अहिलेको पार्टीको संरचनामा आंशिक र आवधिक रुपान्तरण जरुरी रहेको बताउनु भयो ।

    मजदुर किसानको सम्बन्ध टाढिन दिन नहुने जिकिर गर्नुभयो । मतदाता र मत पाउने पार्टीको सम्बन्ध टुटिसकेपछि भ्याकुम उत्पन्न भएको बताउनु भयो । 

    उहाँले जेन जी आन्दोलनले राजनीतिक दलमाथि प्रश्न खडा गरिदिएको बताउनु भयो ।