
शुक्रवार , आश्विन १०, २०८२
काठमाडौं, १० असोज । गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक कनेक्शनको आधारमा रोकिएका सबै अनुसन्धानको कामहरु तत्काल अघि बढ्ने बताउनुभएको छ ।
शुक्रवार अपरान्ह नक्शालस्थित नेपाल प्रहरीको अपराध अनुसन्धान विभागको अनुगमनपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले सरकारले सुशासन प्रवद्र्धनका लागि पहिलो शर्तको रुपमा सो कामलाई अघि बढाउने बताउनुभएको हो ।
मन्त्री अर्यालले विगतमा राजनीतिक कनेक्शनको आधारमा भ्रष्टाचार बढेको उल्लेख गर्दै त्यसलाई तोडेर सरकार अघि बढ्ने पनि दोहो¥याउनु भयो । त्यस अवसरमा उहाँले आफूले प्रचलित कानून बमोजिम कुनै पनि अनुसन्धानको कामलाई अघि बढाउन मातहतका सबै निकायलाई सचेत गराइएको पनि बताउनु भयो ।
सरकारले सुशासनलाई कायम गरेर मुलुकमा तोकिएको मितिमा नै निर्वाचन गराउने योजनाका साथ काम गरिरहेको गृहमन्त्री अर्यालको भनाई थियो ।
उहाँले भन्नुभयो, ‘अब सुशासनको मामिलामा केही फड्को मार्नुपर्छ । सुशासन दिन नसकेको हुनाले यो भन्दा अगाडि सरकार र जनप्रतिनिधिहरुको म्यान्डेट बिचैमा भंग भयो । त्यसैले सुशासन पहिलो शर्त हो ।
यो सुशासनलाई हामीले कसरी प्रवद्र्धन गर्ने । थप अझै यसमा हाम्रो प्राथमिकताहरु के हुनुपर्छ तत्काल । र खास गरेर केही राजनीतिक कनेक्शसनको आधारमा सुशासनमा जसरी अवरोध आयो विगतमा । कतिपय अपराध अनुसन्धानमा, आर्थिक अपराध अनुसन्धानमा, भ्रष्टाचारको विषयहरुमा । जुन खालको अवरोध आईराखेको थियो ।
त्यो अवरोध अव हामीले फुकाउनु पर्छ भन्ने सन्दर्भमा मेरो त्यो आफ्नो अपेक्षा थियो । त्यो अपेक्षा अनुसारको निर्देशनहरु मैले यहाँ दिएको छु । बाँकि त अब यो कानून बमोजिम हुनेकुरा हो । अनुसन्धान गर्ने निकायले आफ्नो व्यवसायिकता प्रदर्शन गरेर कामलाई अगाढि बढाउनुपर्ने हुन्छ प्रचलित कानून बमोजिम ।
रोकिनुनपर्ने विषयहरु यदि रोकिएका छन भने र, कुनै नयाँ सुरुवात गर्नुपर्ने विषयहरु छन भने त्यसलाई तुरन्त अगाडि बढाउनुपर्छ भन्ने मेरो निर्देशन पनि भएको छ । यहाँ धेरै विषयबस्तुहरु छन् ।
मैले एउटा विषयवस्तु मात्रै मन्त्रीको हिसावले निर्देशन दिने अपेक्षा राख्ने गरेर हुँदैन । यहाँ धेरै विषयहरु छन सुशासनका लागि एउटा विषयमा मात्रै ध्यान दिएर हुँदैन ।
समग्र विषयमा ध्यान दिनुपर्छ । र बीचमा त अव हामीले सहकार्य गर्नका लागि पहिला वस्तुस्थिति बुझ्नुप¥यो । अव कसरी अगाडि बढ्ने भन्ने कुराको पर्याप्त छलफल भएको छ आज । पोलिटिकल कनेक्शनको आधारमा जे कुराहरु रोकिएको थियो । जे कुराहरु बिथोलिएको थियो । अव त्यस्तो हुँदैन ।
किनभने हाम्रो म्यान्डेट नै, यो सरकारको म्यान्डेट नै सुशासन हो । सुशासन नभएसम्म शान्ति सुरक्षा हुँदैन । शान्ति सुरक्षा भएन भने ६ महिनाभित्र निर्वाचन गर्न पनि सकिदैन नि । त्यसकारण हामीले सुशासन त दिनैपर्छ । हाम्रो म्यान्डेट नै हो ।’
गृहमन्त्री अर्यालले सरकारले मुलुकमा सुशासन कायम गर्न सबैसँग सहकार्य गरेर अघि बढ्ने पनि बताउनु भयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij