
शुक्रवार , आश्विन १०, २०८२
बुटवल, १० असोज । खुद्रा किराना व्यवसायी संघ, रुपन्देहीको पदस्थापन कार्यक्रम बुधवार बुटवलमा सम्पन्न भएको छ । १९ औं साधारणसभा तथा १० औ पदस्थापन कार्यक्रमका संस्थाका अध्यक्ष महेन्द्रप्रसाद पोखरेलले नवनिर्वाचित अध्यक्ष गोपाल प्रसाद प्रधान नेतृत्वको समितिलाई पद हस्तान्तरण गर्नुभयो ।
पद हस्तान्तरण तथा विजय दशमी, दिपावाली, छठ पर्व तथा नेपाल सम्वतको शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उज्जवल प्रसाद कसजुले समय अनुसार व्यापारको शैली परिवर्तन गर्नुपर्ने बताउनुभयो । उहाँले राज्यले उद्योगी तथा व्यापारमैत्री नीति लागु नगर्दासम्म बैंकको ब्याजदर घटाए मात्र नहुने बताउनुभयो । उहाँले बजार चलायमान बनाउन निजी क्षेत्र र राज्य दुवैको थप सहकार्य आवश्यक गर्ने बताउनुभयो ।
उक्त अवसरमा नवनिर्वाचितलाई संस्थाका संस्थापक अध्यक्ष एवं निर्वाचन मण्डलका संयोजक टीकाराम गैरले शपथ ग्रहण गराउनुभएको थियो । संस्थाका निवर्तमान अध्यक्ष महेन्द्र प्रसाद पोखरेलले खुद्रा किराना व्यवसायी संघको आफ्नै इतिहास रहेकोले उल्लेख संस्थाको गरिमा थप बढाउने काम नवनिर्वाचित समितिले गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रमका बुटवल उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष टंक प्रसाद गैरे, उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष लोकनाथ पन्थी, रुपन्देही उद्योग संघका प्रथम उपाध्यक्ष दयाराम भण्डारी, खुद्रा किराना व्यवसायीका संघका पूर्वअध्यक्षहरू केशव कुँवर, मोहन प्रसाद बस्याल, ज्ञान प्रसाद न्यौपाने लगायतले बुटवलको बजारलाई चलायमान बनाउनको लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा संस्थाका नवनिर्वाचित अध्यक्ष गोपालकुमार प्रधान, सल्लाहकार कृष्ण प्रसाद पाण्डेय, निवर्तमान महासचिव दधि (गोपाल) ज्ञवाली, उपाध्यक्ष ज्ञानप्रसाद न्यौपाने, नवनिर्वाचित महासचिव यमलाल बेल्बासे, दूध तथा डेरी व्यवसायी संघ रुपन्देहीका कमल काफ्ले लगायत बोल्नुभएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij