२०८२, आश्विन १० गते

Sep 26 2025 | २०८२, आश्विन १० गते

क्यानन मावि बुटवलमा रक्तदान

बिहिवार , आश्विन ९, २०८२

  • 610
    Shares
  • 610
    Shares
  • बुटवल, ९ असोज ।  नेपालीहरुको महान पर्व वडादशैैंको अवसरमा सम्भावित रगतको अभावलाई मध्यनजर गरी क्यानन माध्यमिक विद्यालय बुटवल, रुपन्देहीले रक्तदान कार्यक्रम गरेको छ । नेपाल नियमित रक्तदाता संघ जिल्ला शाखा रुपन्देहीसँगको सहकार्यमा विद्यालय प्राङगणमा बुधबार रक्तदान गरिएको हो । सामाजिक अभियन्ता अर्जुन भुसालको विशेष उपस्थितिमा रक्तदान कार्यक्रम गरिएको हो ।

    उक्त अवसरमा विद्यालयका प्राचार्य शंकर भण्डारीले नेपालमा दशैंको अवसरमा रगतको अभाव हुन सक्ने भएकाले त्यसलाई मध्यनजर गरी सामाजिक उत्तरदायित्व निर्वाह गर्न रक्तदान कार्यक्रम गरिएको बताउनुभयो । उहाँले कक्षा ११ र १२ का विद्यार्थीहरुलाई रक्तदानमा सहभागी गराउन प्रेरित गर्न समेत कार्यक्रम गरिएको बताउनुभयो ।

    रक्तदान कार्यक्रमसँगै विद्यार्थीहरुलाई दशैंको अवसरमा शूभकामना प्रदान कार्यक्रम गरिएको विद्यालयका सह–प्राचार्य विष्णु प्रसाद न्यौपानेले बताउनुभयो । कक्षा ११ र १२ का ६० बढी विद्यार्थीहरुको परीक्षण गरिएकोमा २२ यूनिट रगत संकलन भएको प्लस टु संयोजक पवन बस्याललले जानकारी दिनुभयो ।