२०८२, आश्विन १० गते

Sep 26 2025 | २०८२, आश्विन १० गते

प्रधानमन्त्री कार्कीसँग इयुका राजदुतको भेट

बिहिवार , आश्विन ९, २०८२

  • 472
    Shares
  • 472
    Shares
  • काठमाडौं, ९ असोज । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र युरोपेली संघ (ईयु) का राजदुतबीच शिष्टाचार भेटवार्ता भएको छ ।

    बिहीवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रधानमन्त्री कार्की र राजदुतबीच शिष्टाचार भेट भएको हो । ईयुका राजदुतसँगै फ्रान्स, जर्मनी र फिनल्याण्डका राजदुतले पनि शिष्टाचार भेट गर्नुभएको छ ।

    जेन—जी आन्दोलनसँगै भएको पछिल्लो राजनीतिक परिवर्तनपछि नेपालमा विभिन्न मुलुकको चासो बढेको छ । जेन—जी आन्दोलनसँगै केपी शर्मा ओली नेतृत्वको सरकार पतनपछि अन्तरिम सरकारको प्रधानमन्त्रीको रुपमा सुशीला कार्की नियुक्त हुनुभएको थियो ।

    यसअघि पनि भारत, अमेरिका र चीनका राजदुतले प्रधानमन्त्री कार्कीसँग भेट गरिसक्नुभएको छ ।