२०८२, आश्विन १० गते

Sep 26 2025 | २०८२, आश्विन १० गते

दशैं सस्तो बजार : ज्ञवाली मह र मुस्ताङको स्याउमा उपभोक्ताको आकर्षण

बिहिवार , आश्विन ९, २०८२

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • भैरहवा, ९ असोज । रुपन्देहीको भैरहवामा ‘दशैं सस्तो बजार–२०८२’ सञ्चालन भइरहेको छ । आयोजक सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले अवधि थपघट नगरेमा असोज १२ गतेसम्म सस्तो बजार सञ्चालन हुनेछ  । बुधबार (हिजो) देखि सुरु भएको बजारमा  महको एक आकर्षक स्टल पनि छ । स्टलमा  मह  चाख्न पाइन्छ । ‘चाखेर शुद्ध र गुणस्तरीय लागेमा मात्र खरीद गरौं’ भन्दै विक्रेताले आफ्नो उत्पादनको गुणस्तरबारे बताएको  देखिन्छ । स्टलमा मह चाख्ने र खरिद गर्ने उपभोक्ताको रुची बढ्दै गएको विक्रेता  सुनाउनुहुन्छ ।

    सिद्धार्थ उद्योग वाणिज्य संघले आयोजना गर्ने हरेक बजार, मेला महोत्सवमा ज्ञवाली शुद्ध महको सहभागीता रहदै आएको संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले बताउनुभयो । अन्य देशबाट आयातित मह भन्दा ज्ञवाली शुद्ध मह कुनै अवस्थामा कमी नभएको बजारका उपभोक्ताहरुले बताएका छन  ।

    बजारमा अर्को आकर्षण मुस्ताङका  उत्पादनहरुको रहेको छ । मुस्ताङको स्याउ प्रतिकेजी ४ सय विक्रीवितरण भएको छ । बजारमा सस्तो पाइएको छ नी भन्ने जिज्ञासामा  बजारमा अन्यत्रको स्याउलाई पनि कहीकही मुस्ताङको स्याउ भनेर पनि विक्री भइरहेको विक्रेताको भनाइ छ । ‘कतिपय ठाउँमा स्याउ जुम्लाको स्याउ डिब्बामा मुस्ताङ लेखिएको छ,’उहाँले भन्नुभयो–‘मुस्ताङको आलुप्रति केजी १८० रुपैयाँमा उपलब्ध छ । मदिरा  पारखीको लागी मदिरा समेत राखिएको छ ।

    सस्तो बजारमा आउने उपभोक्ताले दैनिक प्रायोजनका सबै खाद्यान्न सामग्री उपलब्ध हुनु सके राम्रो हुने बताउँदै  उपलब्ध सामान भने सस्तो भएको बताउँछन् । सिद्धार्थ उद्योग वाणिज्य संघको बातानुकुलित प्रदर्शनी कक्षमा आकर्षक १८ वटा स्टल रहेको सचिवालयले जनाएको छ ।

    सस्तो बजारमा मार्फा फलफूल तथा तरकारी प्रशोधन उद्योग, डीडीसी दुग्ध उत्पादन, रिया एण्ड रक्षा फूड्स, घराना फुड्स, माया तेल, गण्डकी चिउरा उद्योग, रौनक आधुनिक तेल, डेकोर प्लानेट (सलोना बिछौना), सृजनशील महिला उद्यमी समूहका उत्पादन, सप्तऋषि सोप इन्डष्ट्रिज, ज्ञवाली मह , यसोदा फुडस (करेन्ट चाउचाउ ) एक्सन पोलिमर्स, बिस्तार ग्लोबल, ऋद्धि सिद्धि ट्रेड एण्ड सप्लायर्स (वाटर फिल्टर), ईभि अटोमोबाइल (याडीया इभि स्कुटर) का स्टल रहेको संघका वरिष्ठ लेखापाल रुपक गुभाजुले जानकारी दिनुभयो । 

    WhatsApp Image 2025-09-25 at 1.44.12 PM.jpeg

    संघले २०५८ सालमा ध्रुव कुमार श्रेष्ठको कार्यकालमा पहिलोपटक सस्तो बजार आयोजना गरेको थियो । लामो समयपश्चात २०७९ सालमा भिष्म प्रसाद न्यौपानेको कार्यकालबाट पुनः सुरु गरी यो वर्ष पनि आयोजना गरिएको संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले बताए । दशैं सस्तो बजारको नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले उद्घाटन गर्नुभएको थियो ।