२०८२, आश्विन ७ गते

Sep 23 2025 | २०८२, आश्विन ७ गते

सरकारको मुख्य काम निर्वाचनमा सबैले भाग लिन पाउने बनाउनु रहेको छ : सञ्चारमन्त्री खरेल

मंगलवार , आश्विन ७, २०८२

  • 352
    Shares
  • 352
    Shares
  • काठमाडौं, ७ असोज । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारले आगामी फागुन २१ हुने निर्वाचनमा सबैले भाग लिन पाउने वातावरण बनाउने बताउनुभएको छ ।

    मंगलवार हेम–सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै उहाँले सरकारको मुख्य काम सो निर्वाचनमा सबैले भाग लिन पाउने वातावरण बनाउनु रहेको बताउनुभएको हो । सो निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित रुपमा सम्पन्न गराउने दायित्व पनि सरकारको रहेको सञ्चारमन्त्री खरेलको भनाई थियो ।

    उहाँलेसो निर्वाचनको वातावरण बनाउनका लागि निर्वाचन आयोगलाई आवश्यक सबै व्यवस्था मिलाउने काममा पनि सरकारले ढिलाई नगर्ने बताउनु भयो ।

    उहाँले जेनजी आन्दोलनको क्रममा भएका भएको सार्वजनिक तथा व्यक्तिगत सम्पतीको यकीन गरी त्यस कार्यमा संलग्नमाथि छानविन गरी सरकारले काम गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । 

    उहाँले भन्नुभयो, ‘फागुन २१ गते शान्तिपूर्ण, स्वतन्त्र र धाँधलीरहित चुनाव गराउनका लागि वातावरण तयार गर्ने । र निर्वाचन आयोगलाई जस्तो जस्तो वातावरण चाहिन्छ, त्यो वातावरण सरकारले मिलाई दिन्छ । र सबैले चुनावमा भाग लिनसक्ने वातावरण तयार गर्ने सरकारको दायित्व हो । त्यसलाई सरकारले अर्जुन दृष्टिमा राखेको छ ।

    अर्को कुरा जेन—जी आन्दोलनले उठाएको माग भनेको सुशसनको कुरा हो । भ्रष्टाचार नियन्त्रणको कुरा हो । विधिको शासन हो । चुस्तदुरुस्त सार्वजनिक सेवा प्रवाहको कुरा हो । त्यो कुराहरु रातारात हुने भन्ने हुँदैन । तर महशुस हुने गरेर काम हुन्छ ।

    सुशासन भनेको ठयाक्कै रोड बनाएजस्तो त हुँदैन । तर जनताले महशुस हुने गरेर अगाडि बढने र तेस्रो यो जति क्षति भएको छ । त्यसको छानविन गरेर कारबाहीको प्रक्रिया अघि बढाउने सरकारको प्राथमिकता हो । मुख्य काम सरकारको यही हो ।’

    मन्त्री खरेलले सरकारले सार्वजनिक सेवा प्रवाहको कामलाई चुस्तदुरुस्त बनाउने र भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी कदम चाल्ने पनि बताउनु भयो ।