
मंगलवार , आश्विन ७, २०८२
काठमाडौं, ७ असोज । प्रधानमन्त्री सुशीला कार्की र प्रधानसेनापति अशोकराज सिग्देलबीच भेटवार्ता भएको छ ।
मंगलवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा देशको पछिल्लो शान्ति सुरक्षाको अवस्थाबारे छलफल भएको बताइएको छ ।
प्रधानमन्त्री कार्की भदौ २३ र २४ गतेको जेन—जी आन्दोलनबाट केपी शर्मा ओलीको सरकार पतन भएसँगै प्रधानमन्त्री बन्नुभएको थियो । जेन—जीको मागअनुसार नेपाली सेनाको पहलमा कार्कीलाई प्रधानमन्त्री बनाइएको थियो ।
प्रधानमन्त्री बनेपछि प्रधानसेनापति सिग्देलसँग भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij