२०८२, आश्विन ७ गते

Sep 23 2025 | २०८२, आश्विन ७ गते

राष्ट्रकवि माधवप्रसाद घिमिरे पुरस्कार—२०८२ कँडेललाई

मंगलवार , आश्विन ७, २०८२

  • 292
    Shares
  • 292
    Shares
  • काठमाडौं, ७ असोज । राष्ट्रकवि माधवप्रसाद घिमिरे पुरस्कार—२०८२ बाट विशिष्ट कवि प्रा. घनश्याम कँडेललाई सम्मान गरिएको छ ।

    मस्र्याङदी वाङ्मय प्रतिष्ठानले मंगलवार राष्ट्रकवि स्व.घिमिरेको घरमा आयोजित पुरस्कार समर्पण समारोहमा उहाँलाई सम्मान गरिएको हो । समारोहका प्रमुख अतिथि प्रा.डा. वासुदेव त्रिपाठी र राष्ट्रकवि घिमिरेकी धर्मपत्नी महाकाली घिमिरेले संयुक्त रुपमा विशिष्ट कवि कँडेललाई पुरस्कार प्रदान गर्नुभएको थियो ।

    उक्त पुरस्कार नगद एक लाख रुपैयाँ राशीको रहेको छ । धादिङको रिचाकोटार जन्मिनुभएका कवि कँडेलले छन्दोवद्ध कविता, काव्य तथा महाकाव्यका माध्यमबाट नेपाली साहित्यमा योगदान पु¥याउनुभएको छ ।

    उहाँका कविता, काव्यमा प्रकृति, संस्कृति, प्रगति, राष्ट्रियता, मानवता, प्रेम र करुणभाव प्रवाहित भएको पाईन्छ । प्रतिष्ठानले कवि कँडेलको नेपाली छन्द कविता साधनाको सम्मान गर्दै यसवर्षको राष्ट्रकवि माधवप्रसाद घिमिरे पुरस्कारले सम्मान गरेको जनाएको छ । 

    राष्ट्रकवि घिमिरेका परिवारका सदस्य राजिव घिमिरेले पुरस्कार विगतमा राष्ट्रपति भवन शितल निवासमा वितरण गर्ने गरिएको स्मरण गर्नुहुँदै यसवर्ष विशेष परिस्थितिका कारण घरमा नै गरिएको जानकारी दिनुभयो ।