
मंगलवार , आश्विन ७, २०८२
काठमाडौं, ७ असोज । नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्लले जेन—जी आन्दोलनले सबै डराउनुपर्ने अवस्था आएको बताउनुभएको छ ।
जेन—जी आन्दोलनपछि अहिले प्रमुख चुनौती शान्ति सुरक्षाको रहेको बताउँदै मल्लले अहिलेको अवस्थामा सरकारले व्यवसायीहरुलाई डराउनुपर्दैन भन्ने खालको सुरक्षा प्रत्याभुति दिलाउनुपर्नेमा जोड दिनुभएको हो । जेन—जी आन्दोलनपछि ति युवाहरुलाई स्वदेशमै काम गर्ने वातावरण अघि बढाउनुपर्ने उहाँको भनाइ छ ।
उहाँले वार्षिक ३ लाख जनसंख्या घट्ने गरेको तथ्यांक प्रश्तुत गर्दै सरकारले अब गर्नैपर्ने कामका रुपमा स्टार्टअपलाई आगाडि बढाउनुपर्ने धारणा राख्नुभयो । युवाहरु विदेश जाने गरेकाले नेपालमा जनसंख्या घटिरहेको बताउँदै त्यसका लागि राज्यले नेपालमै रोजगारीको अवसर सिर्जना गर्नुपर्ने उहाँको भनाइ छ ।
नेपालमा सरकारी कार्यालयमा एकदमै ढिलासुस्ती र झन्झटिलो प्रक्रियाका कारण साह्रै दुःख पाइरहेको बताउँदै त्यसको अन्त्य गरेर चुस्त सेवा प्रवाह गर्नुपर्नेमा जोड उहाँले दिनुभयो ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले अर्थतन्त्र पुनरोत्थानको आगामी बाटो विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै मल्लले भन्नुभयो –‘देशमा शान्ति व्यवस्था छ । डराउनु पर्दैन भनेर सरकारले भन्न सक्नुपर्छ, जेनजी अवस्थाका युवाहरु स्वदेशमा कम नभएर विदेश जाने गरेका छन् ।
हाम्रो युवालाई स्वदेशमै राखेर पठनपाठनको व्यवस्था गर्नुप¥यो । अहिले सरकारी अफिसमा ढिलासुस्ती र झन्झटिलो प्रक्रिया छ । जसले गर्दा सेवा लिन निकै समस्या हुन्छ । यसलाई सुधार गर्नुपर्छ ।’
पूर्वअध्यक्ष मल्लले अहिले आईटी र एआईको प्रचुर सम्भावना रहेको बताउँदै गाउँको दूरदराजमा आईटी कार्यक्रम चलाउन सकेमा प्रभावकारी हुने बताउनु भयो ।
उहाँले पछिल्लो समय पर्यटन क्षेत्रमा निकै ह्रास आएको उल्लेख गर्दै सरकारले तत्कालै नेपाल सुरक्षित छ भनेर विश्वव्यापाी प्रचार गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।
उहाँले नेपालमा अनौपचारिक कारोबार बढी हुने गरेको बताउँदै त्यसलाई रोक्न सकेको खण्डमा राजश्व समेत बढ्नेमा जोड दिनुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij