२०८२, आश्विन ६ गते

Sep 22 2025 | २०८२, आश्विन ६ गते

लोसपा केन्द्रीय सदस्यमा हजरत र विजया मनोनित

सोमवार , आश्विन ६, २०८२

  • 382
    Shares
  • 382
    Shares
  • भैरहवा, ६ असोज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको केन्द्रीय सदस्यमा रुपन्देहीका हजरत अली मुसलमान र विजया केसी रावल मनोनित हुनुभएको छ । 

    पार्टीका अध्यक्ष महन्थ ठाकुरले उहाँहरुलाई केन्द्रीय सदस्यमा मनोनित गर्नुभएको हो । लोसपा नेपालको संशोधित विधान अनुसार दुवैजनालाई केन्द्रीय सदस्य पदमा मनोनयन गरिएको अध्यक्ष ठाकुरले बताउनुभयो ।

    विजया केसी लोसपा निकट लोकतान्त्रिक महिला संघको समेत केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ ।